नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना


८ भाद्र २०७७, सोमबार


वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।

आयल निगमका ९ जना कर्मचारी र भन्सारका १ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका स्रोतका अनुसार आइतबार राति ३०५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

ती ५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस