निजामती कर्मचारीलाई आध्यात्मिक ज्ञानको आवश्यकता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती कर्मचारीलाई आध्यात्मिक ज्ञानको आवश्यकता


८ भाद्र २०७७, सोमबार


कठिन परिश्रम र लगनशीलतापछि जब निजामती सेवाको कुनै पदमा नाम निस्कन्छ, इष्टमित्र, साथीभाइ र आफन्तजनबाट बधाईको ओइरो नै आउँछ । बधाई तथा सफल कार्यकालको शुभकामना । यी बधाई तथा शूूभकामनाले व्यक्तिमा थप ऊर्जा र विश्वास पैदा गर्दछ । जब नियुक्तिका लागि कार्यालय पुगिन्छ । कार्यालय प्रमुख तथा अन्य कर्मचारीले गरेको स्वागत र बधाईले संसार नै जितेको अनुभूति हुन्छ ।

सुरुसुरुमा सरकारी पोसाकमा तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गर्ने कार्य त दैनिकी जस्तो हून पुग्छ । जब कामको कुरा आउँछ, निजामती कर्मचारीमा त्यो ऊर्जा बिस्तारै हराएर जान्छ । दैनिक रूपमा एउटै कार्य दोहो¥याई रहँदा नयाँ कार्य सिक्नबाट वञ्चित भएको अनुभूति हुन पुग्छ । मासिक तलब भत्ता बापतको रकम घर भाडा र अन्य दैनिक जीविकोपार्जनको कार्यमा खर्च हुन्छ, बचत हुँदैन, अझ श्रीमती खर्चालु परे त बचतको कुरै नगरौँ ।

अब त सामाजिक सञ्जालमा पोसाकसहितका तस्बिरहरू राख्ने जाँगर नै हराएर जान्छ । उनीहरूले सोच्दछन् साथीभाइ विदेश गएर घडेरी किने, घर बनाए, गाडी किने मत पढेर बिग्रिए । यो समस्या निजामती सेवाको ९० प्रतिशत कर्मचारीमा पाइन्छ । अतः निजामती कर्मचारी यस सोचबाटमाथि उठ्न जरुरी छ ।

आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन । विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन् । धनधान्यले पूर्ण छन् । आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन् । तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन् । तर त्यो शान्ति तिनीहरूले त्यस समयमा मात्र पाउन सक्नेछन् । जब तिनीहरूको भगवान् कृष्णको सम्पर्कमा आउनेछन् वा कृष्ण तत्त्वको विज्ञान प्रतिपादन गरिएका भगवद्गीता र श्रीमद्भागवत पढ्नेछन् । वा कृष्ण भावनामा आबद्ध कृष्णका आधिकारिक प्रतिनिधिका सम्पर्कमा आउनेछन् । अतः निजामती कर्मचारी सुख, शान्ति, आत्मसन्तुष्टि र समन्वयका लागि यही नै उपयुक्त बाटो हो । यसका लागी सरकारद्वारा निजामती कर्मचारीमा आध्यात्मिक ज्ञान प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ । सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ ।

निजामती सेवामा नव प्रवेशीहरु बालकहरू जस्तै हुन् । जसरी बालकहरू सजिलै नराम्रो बाटोतर्फ लाग्दछन् त्यसै गरी नव प्रवेशी कर्मचारी पनि सजिलै नराम्रो बाटोतर्फ तल्लीन हुन पुग्न सक्दछन् । यस्तो बाटोमा लाग्नबाट रोक्नु आजको आवश्यकता र चुनौती हो ।

यसका लागि सजिलो माध्यम आध्यात्मिक ज्ञान नै हो । गलत प्रवृत्तिमा लागेका व्यक्तिलाई कारबाही गर्नु भन्दा यस्तो कार्य हुनै नदिनु बढी प्रभावशाली र वैज्ञानिक हुन्छ । सेवा प्रवाहमा उदासीनता र हिनतावोध हुनु समाज र राष्ट्र«का लागि असफलताको कारण हुन पुग्दछ ।

निजामती कर्मचारी प्रशासनलाई स्वच्छ, पारदर्शी, व्यवस्थित, सेवामूलक र प्रभावकारी बनाउनु आजको प्रमुख चुनौती हो । देशको नीति निर्माण तहदेखि कार्य सञ्चालन स्तरसम्म स्वच्छता ल्याउन प्रत्येक कर्मचारी अँत्मज्ञानी हुन जरुरी छ । हाल भएका कर्मचारी माथि हुने कारबाही प्रगति देखाउने तत्थ्यांक मात्र भएका छन् र यो प्रक्रिया लामो समयसम्म चलिरहने छ । तर रोकिने छैन । जसरी कुनै पनि रोगको उपचार गरिरहनु भन्दा उक्त रोगलाई नै निर्मूल गर्नु राम्रो हुन्छ । त्यसरी नै कर्मचारीको मनलाई स्वच्छ राख्नु अति नै राम्रो हुन्छ ।

योगाभ्यास र आध्यात्मिक ज्ञानवृद्धका क्रियाकलापले कर्मचारीहरू भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुनेछन् । यसबाट कर्मचारीले शुद्ध मनले आफैलाई देख्न सक्नेछन् र आफैमा आनन्दित हुन सक्नेछन् । यही नै कर्मचारीको पूर्णताको चिन्ह हो । यही नै जागिरको सार हो । यस आनन्दमय स्थितिमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सक्नेछन् ।

यसरी स्थापित भएका कर्मचारी कहिल्यै पनि न्याय र सत्यबाट डग्दैन । आध्यत्मीक सुख प्राप्त भएपछि उसलाई अरू कुनै सुखले आकर्षित गर्न सक्दैन । यही नै भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरूबाट हुने वास्तविक मुक्ति हो । जब यो कुरा कर्मचारीले बुझ्नेछन्, भगवान् श्रीकृष्णको आराधना गर्ने छन् । दुःखको कारण र बाटो रोज्ने छैनन् ।

पन्थी जिल्ला अदालत, रुपन्देहीका लेखापाल हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस