मनमोहन अस्पताल दहचोकबाट कोरोना संक्रमितको उपचार शुरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मनमोहन अस्पताल दहचोकबाट कोरोना संक्रमितको उपचार शुरु


७ भाद्र २०७७, आइतबार


काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल दहचोकले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ३३३ शै्यया निर्माण गरी उपचार शुरु गरेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै मनमोहन अस्पताल दहचोकले सरकारको आग्रहअनुसार कोभिड–१९ का बिरामीको उपचार शुरु गरेको हो ।

अस्पतालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै उनीहरुको उपचारका लागि यही भदौ २ गतेदेखि ३३३ शैया निर्माण गरी कोरोनाका बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

‘कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको बेलामा यसको उपचार र नियन्त्रणका लागि सहज पुर्‍याउने उदेश्यले बन्दै गरेको अस्पताल सञ्चालनमा ल्याएका हौँ’, उनले भने। नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा दहचोकमा निर्माण गरिएको भवन ६० कोठाको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबाट सञ्चालित मनमोहन अस्पताल स्वयम्भुले हालसम्म गरेको पिसिआर परीक्षणमा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको र सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस