महावाणिज्यदूतका लागि दुई सहसचिवको नामावली पठाइँदै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

महावाणिज्यदूतका लागि दुई सहसचिवको नामावली पठाइँदै


६ भाद्र २०७७, शनिबार


काठमाडौँ । रिक्त दुई महावाणिज्यदूतका लागि दुई जना सहसचिवको नाम पठाइन लागेको छ ।

हङकङ र ल्हासा महावाणिज्यदुतावासका लागि परराष्ट्र मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती सहसचिवको नामावली पठाउन लागेको हो ।

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरको नाम पठाउने तयारी गरेको स्रोतले प्रशासनलाई बतायो ।

ती स्रोतका अनुसार ल्हासामा ढकाल र हङकङमा राना मगरलाई पठाइन लागेको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी परराष्ट्रले प्रस्ताव लैजाने तयारी गरेको छ ।

पछिल्लो समय योग्यता, क्षमता र अनुभव भन्दा पनि कसले कहाँ कति सेटिङ मिलाउन सक्छ सोही अनुसार जो जहाँ पनि जान सक्ने अवस्था सिर्जना भएको निजामतीमा चर्चा चलेको छ । भागबन्डा र पहुँचवालका खल्तीबाट आउने नामले नै प्राथमिकता पाउन थालेपछि इमानदार कर्मचारी जहिल्यै पछि पर्ने उनीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस