२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किवी खेतीतर्फ किसानको आकर्षण

अ+ अ-

डडेल्धुरा । पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

डडेल्धुराको अमरगढी-२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन् । किविभन्दा अघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए । करीब पाँच हजार बोट किवी लगाएका उनले प्रतिबोट रु ५०० का दरले बिक्री गर्ने गरेको बताए । ‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु’, उनले भने, ‘बेर्ना हुर्कन कम्तीमा पनि एक/डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०/६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।’ किवी खेतीबाटै घर खर्च कटाई वर्षिक रु १/२ लाख बचत गर्ने गरेको उनले सुनाए।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी–१ का गणेशबहादुर ऐरले बताए । शुरुमा रु पाँच लाख लगानी गरेर किवी खेती गरेकाका उनले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताए । सात वर्षदेखि उनले किवी खेती गरिरहेका छन् ।

किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ । ‘किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०/१२ जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,’ उनले भने, ‘जिल्लामा पहिलो पटक मैले यो खेतीको शुरुआत गरेँ । शुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०/४० किसान पुगिसके किवी खेती गर्ने ।’गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उनको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।