पीएसओमा कोरोना देखिएपछि उद्योग राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पीएसओमा कोरोना देखिएपछि उद्योग राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड होम क्वारेन्टिनमा बसेका छन् ।

उनका निजी सुरक्षा अधिकारी(पिएसओ)मा कोरोना सङ्क्रमण देखिएसँगै राज्यमन्त्री दुगढसँगै सचिवालयका आधा दर्जन कर्मचारी सबै होम क्वारेन्टिनमा बसेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।

‘राज्यमन्त्रीज्यूको पिएसओ(प्रहरी)मा पोजेटिभ आएपछि अन्य कर्मचारीको नामावली परीक्षणका लागि पठाएका छौँ’, ती अधिकारीले भने, ‘पाँच दिन पछि परीक्षण गर्नुपर्छ भनेकोले बाँकी कर्मचारीको सोमबारतिर मात्रै परीक्षण हुन्छ ।’

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिँहदरवारमा केही समयअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी एक महिला कर्मचारीमा कोरोना पुष्टि भई सकेको छ ।

सम्बन्धित समाचार : सिंहदरबार भित्रै भेटियो कोरोना : पर्यटन मन्त्रालयका एक कर्मचारीमा सङ्क्रमण भएको पुष्टि

देशव्यापीरुपमा कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकामा सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढी रहेको छ । यससँगै सिँहदरवारका कर्मचारीमासमेत कोरोना सङ्क्रमण पुष्टिभएसँगै सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस