अछाम बाढी अपडेट : घटनास्थल पुग्यो उद्धार टोली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछाम बाढी अपडेट : घटनास्थल पुग्यो उद्धार टोली


३ भाद्र २०७७, बुधबार


अछाम । अछाममा आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्न रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको हो ।

प्रहरीका अनुसार मंगलबार राति आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । उनीहरूको सनाखत भने भएको छैन । बाढीमा अझै १८ जना जति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुलसमेत बगाएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस