संसद सचिवालयले फिर्ता पठायो सांसदको नयाँ लोगो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद सचिवालयले फिर्ता पठायो सांसदको नयाँ लोगो


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


काठमाडौं । संसद सचिवालयले सांसदको नयाँ लोगो फिर्ता पठाएको छ ।

मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेसँगै १९० वटा लोगो फिर्ता पठाइएको हो ।

सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएको थियो । बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फेरि नयाँ बनाएर ल्याउन भनिएको छ ।

लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै व्यहोर्ने मौखिक कुराकानी भएको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

उक्त लोगो गत आइतबार संघीय संसदका महासचिव डा। भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए । नयाँ लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो ।

लोगो डिजाइनर टेकबीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको भन्दै आपत्ति जनाएका छन् ।

उक्त लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । घरेलु कार्यालयले सुरुमा ३५० थान लोगो बनाएर संघीय संसद सचिवालयलाई दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस