हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ : मुख्यमन्त्री पौडेल


३ भाद्र २०७७, बुधबार


वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् ।

उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी) को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

पौडेलले सन्देशमार्फत प्रदेश राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्् ।

‘यस मार्गको निर्माण नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुन्छ भन्ने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको हो, सुरुङमार्ग निर्माणपछि हेटौँडा काठमाडौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्राअवधि तथा आर्थिक बचतसमेत गराउने हाम्रो विश्वास छ’, पौडेलले भनेका छन् ।

‘सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने कुरामा हामी विश्वस्त छौँ’, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस