कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


धरान । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगरको विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठान भर्ना भएकी उनको गएराति निधन भएको हो।

मृत्यु भएकी महिला मोरङको बुढिगंगा गाँउपालिका-२ की हुन् । उनी मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको डा. सापकोटाले बताए।

मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी भएको डा. सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस