बझाङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ घाइते, २ बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ घाइते, २ बेपत्ता


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


बझाङ । बझाङमा पहिरोले घर बगाउँदा ४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।

मङ्गलवार राति आएको पहिरोले घर बगाउँदा बुङ्गल नगरपालिका-५ मिडीमा ४ जना घाइते हुनुका साथै २ जना बेपत्ता भएका छन् ।

मङ्गलवार राति करिब सवा १ बजेतिर पहिरो सेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको प्रहरीले जानकारी दिएको छ । पहिरोले पुरिएका ४ जनाको उद्धार गरिएको र अन्यको बेपत्ता २ को पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते हुनेमा प्रताप ताम्राकारकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता, १२ वर्षीया छोरी टिन्टी र १६ वर्षका छोरा अनिल ताम्राकार छन् । प्रतापकै १४ वर्षीय छोरो सचिन ताम्राकार र बुङ्गल–४ का दमन ओखेडाका ५ वर्षीय छोरा सुदीप ओखेडा बेपत्ता रहेको प्रहरीले जनाएको छ । ५ वर्षीय सुदीप ओखेडा भने केही दिनअघि आफ्नो फुपूको घर आएको जनाइएको छ ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस