पाटन अस्पतालमा थप एक जना कोरोना स‌ंक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाटन अस्पतालमा थप एक जना कोरोना स‌ंक्रमितको मृत्यु


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा थप एक जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २१ गतेदेखि पाटन अस्पताल उपचार गराईरहेकी ६१ वर्षीया कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिला भक्तपुर सूर्यविनायककी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस