दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु


२ भाद्र २०७७, मंगलबार


बालक

नारायणपुर । दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका – १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २:३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

भालुबाङबाट लमही जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् । तीव्र गतिमा गुडेको टिप्परले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस