गृहमन्त्री थापाद्वारा बाढी-पहिरो प्रभावितलाई राहत वितरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री थापाद्वारा बाढी-पहिरो प्रभावितलाई राहत वितरण


२ भाद्र २०७७, मंगलबार


मार्तडी । बाजुरामा साउनको अन्तिम साता अर्थात् २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरेका हुन् । बाढी र पहिराबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्नसहित अन्य सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

उनकाअनुसार गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्नलगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ ।

मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतले बाढी पीडितलाई प्रत्यक्ष गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस