पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


कास्की । पोखरामा उपचारका क्रममा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे मृत्यु भएको हो ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा स्वासप्रस्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषमा कोरोनासहित मधुमेह, प्रेसरलगायतका रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार जना सङ्क्रमितको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस