२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनका किसानको पीडा : आलुको बीउ जोगाउनै मुस्किल

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरले २५ रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् ।

उनले बर्सेनि २५ रोपनी जग्गाबाट ६० मुरी आलु फलाउँदै आए पनि यस वर्ष जम्मा पाँच मुरी आलु उत्पादन भएको बताए । अहिले मगरसहित ढोरपाटनका सबै किसान आलु खन्न व्यस्त छन् । फलेका आलुको समेत सानो दाना लागेको मगरको भनाइ छ । मगरजस्तै ढोरपाटन उपत्यकावासीको मुख्य बाली आलु हो । आलुबाहेक त्यस क्षेत्रमा ज्वातो र स्याउखेती मात्रै हुन्छ ।

अत्यधिक चिसो ठाउँ भएकाले स्वादिष्ट आलु फल्ने यस क्षेत्रमा वैशाखबाटै वर्षा हुन थालेपछि आलु उत्पादनमा भारी गिरावट आएको मगरको भनाइ छ । यहाँका सबै स्थानीयवासीले आलुसँग अन्य अन्नपात साट्ने अथवा आलु बेचेर परिवार पाल्दै आएका थिए । बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र पर्यटकीय, धार्मिक तथा प्राकृतिक हिसाबले मात्रै होइन, आलु र स्याउखेतीले समेत प्रख्यात छ ।

यहाँ आउने जो–कोहीले कोसेलीका रूपमा आलु नै लैजाने गरेका छन् । ‘बर्सेनि ६० मुरी आलु फल्थ्यो’, मगरले भने,’ ‘अहिले मौसमले साथ दिएन, आलु उत्पादनमा भारी गिरावट आएर जम्मा पाँच मुरी मात्रै आलु फलेको छ ।’ ढोरपाटनका किसान यस वर्ष बिक्री गर्नेभन्दा पनि आलुको बीउ जोगाउनै मुस्किल रहेको बताउँछन् ।

ढोरपाटन उपत्यकाको मसगाउँ, भूजीगाउँ, गावागाउँ, गिजा, गुम्बा स्यालपाखे, श्रणनार्थी बस्ती र नवीलगायतका एक दर्जन गाउँमा आलुखेती राम्रो हुने गरे पनि यस वर्ष आलु उत्पादनमा उल्लेख्य कमी आएको अर्का किसान पानबहादुर विकले बताए ।

ढोरपाटनवासीका लागि साउन महिना आलु खन्ने महिनाका रूपमा रहे पनि यस वर्ष आलुको दाना नलागेपछि किसान चिन्तित भएका छन् । ढोरपाटन उपत्यकामा अधिकांश घुम्ती बसाइ रहेकाले यस स्थानमा नगरपालिकाका अधिकांश वडाको जग्गा रहेको छ । ढोरपाटन नगरपालिकाकै अधिकांश वडाका मानिसले ढोरपाटन उपत्यका क्षेत्रमा आलुखेती गर्दै आएका छन् ।

अत्यधिक वर्षा भएका कारण आलु उत्पादन नहुँदा बीउ जोगाउनै गाह्रो भएकाले निराश बनाएको स्थानीय किसान जीवनकुमार पुनले बताए । करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आएका उनले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन पाए हुन्थ्यो भन्ने पिरलोसमेत थपिएको बताए।

धेरैले व्यावसायिकरूपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको तर यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गरे । ‘चार–पाँच मुरी आलु फल्थ्यो, वर्षभरि खान पुग्थ्यो’, अदैले भने, ‘अहिले आलु खाने त कुरै छाडौँ, बीउमात्रै जोगाउन पाए पनि राम्रो हुन्थ्यो ।’

स्याउको व्यावसायिक निर्यात हुन नसके पनि ढोरपाटनवासीको मुख्य पेशाका रूपमा रहेको आलु देशका विभिन्न स्थानमा निर्यातसमेत हुँदै आएको छ । चिसो ठाउँ भएकाले यहाँको आलु निकै स्वादिष्ट मानिन्छ । यस क्षेत्रका मानिस अधिक समय भातको साटोमा आलु नै खाने गर्दछन् ।

घाम लाग्नुपर्ने समयमा अत्यधिक वर्षा भएकाले डढुवा रोग लागेका कारण आलुले दाना नलगाएको नगरपालिकाका कृषि शाखाका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए । वैशाख, जेठ, असार आलुको ‘सिजन’ भए पनि अविरल वर्षाका कारण आलुको दाना लाग्ने बेलामा डढुवा रोग लागेकाले आलुका बोट मर्ने, दाना नलाग्नेजस्ता समस्या भई आलु उत्पादनमा भारी गिरावट आएको अधिकारीको भनाइ छ । ‘ढोरपाटन क्षेत्र आलुका लागि निकै उर्वर मानिदै आए पनि यस सिजनमा आलुका जरा कुहिने, बोट मर्नेजस्ता समस्या देखियो’, शाखा प्रमुख अधिकारीले भने, ‘रोग नियन्त्रणका लागि नगरपालिकाले रु तीन लाख बराबरको डढुवा नियन्त्रण विषादीसमेत किसानलाई वितरण गर्यो, तर पानी नरोकिँदा विषादीले समेत काम गर्न सक्ने अवस्था भएन ।’