कोरोनाबाट नेपालगन्जमा थप एक जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाबाट नेपालगन्जमा थप एक जनाको मृत्यु


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


नेपालगन्ज । कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत उनको सोमबार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

साउन ३० मा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।

उनमा निमोनियाका देखिएको अस्पताललाई फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सोमबार दिउँसो उनको स्वाब संकलन परीक्षण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस