नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त


३२ श्रावण २०७७, आइतबार


काठमाडौं । सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग शमशेर जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाइ दिने फैसला गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस