कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द


३२ श्रावण २०७७, आइतबार


बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बुटवल उपमहानगरमा पछिल्लो दुई दिनमा मात्र समुदाय स्तरमा ४० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि नै उपमहानगरले भदौ ५ सम्मका लागि लकडाउन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस