२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता आफैँले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ : डा. भट्टराई

अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन् ।

सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि सचेत भएर लाग्नुपर्ने जोड दिएका हुन् ।

‘नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ’, उनले भने, ‘भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ हामी अब सचेत हुनु जरुरी छ ।’ उनले कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने बताए ।

‘क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्नुपर्‍यो, बिरामीका निम्ती भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने जुन काम हुनुपर्ने थियो, त्यो काम भएको छैन’, डा.भट्टराईले भने, ‘त्यसका सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन ।’उनले सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति जटिल बन्दै जाने बताए।

विश्वमा सबैभन्दा बढी सङ्क्रमित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएकाले उनले त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले बेलैमा सबै सतर्क हुनुपर्ने उल्लेख गरे ।

डा भट्टराईले आजै एक कार्यक्रमबीच गोरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गरेका छन् । उनले चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालका समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन् । करीब रु सात लाख पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस