२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई कर्मचारीको स्वास्थ्यलाई ध्यान दिन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई बिहीबार एक सर्कुलर जारी गर्दै बढ्दो कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नुपर्ने रकम सबै बैङ्कले नै बेहोर्न निर्देशन दिँदै राष्ट्र बैङ्कले कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकाले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन जोड दिएको छ ।

कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ । सङ्क्रमितको सम्पर्कमा आएका वा कन्ट्याक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटल क्वारेन्टाइनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैङ्क तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ ।

अहिलेको जटिल अवस्थामा डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देशन दिँदै राष्ट्र बैङ्कले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कंदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने जनाएको छ ।

दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाका बैङ्क तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन दिँदै बाँकी कर्मचारीलाई बैङ्क तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिन राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस