सिन्धुपाल्चोक पहिरो : हेलिकप्टरबाट उद्धार टोली पठाइँदै, ५ घरका १३ जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिन्धुपाल्चोक पहिरो : हेलिकप्टरबाट उद्धार टोली पठाइँदै, ५ घरका १३ जना बेपत्ता


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका-२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ ।

पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए । पहिरोमा परि पन्ध्र जना घाइते भएको जनाइएको छ ।

जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस