कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका सिल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका सिल


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । मन्थली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ।

थप संक्रमण रोक्नको लागि मन्थली नगरपालिकालाई अर्को सूचना नआएसम्मको लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २ जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा १ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

उनीहरुमध्ये मन्थली नगरपालिका- १ का ५० वर्षीय पुरुष र सेलेघाट होल्डिङ सेन्टरमा बसेका वडा नं ६ का ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए। त्यसैगरी हेटौंडा बस्दै आएका रामेछापका ४३ वर्षीया महिलालाई कोरोना संक्रमण भएकाले उतैबाट कन्टयाक्ट ट्रेसिङ् काम हुने बताइएको छ।

‘स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आउनुहुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको छ।’, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासन अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखा सम्पर्क गर्नुहुन अनुरोध छ।’

Tags :
प्रतिक्रिया दिनुहोस