२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका सिल

अ+ अ-

काठमाडौं । मन्थली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ।

थप संक्रमण रोक्नको लागि मन्थली नगरपालिकालाई अर्को सूचना नआएसम्मको लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २ जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा १ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

उनीहरुमध्ये मन्थली नगरपालिका- १ का ५० वर्षीय पुरुष र सेलेघाट होल्डिङ सेन्टरमा बसेका वडा नं ६ का ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए। त्यसैगरी हेटौंडा बस्दै आएका रामेछापका ४३ वर्षीया महिलालाई कोरोना संक्रमण भएकाले उतैबाट कन्टयाक्ट ट्रेसिङ् काम हुने बताइएको छ।

‘स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आउनुहुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको छ।’, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासन अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखा सम्पर्क गर्नुहुन अनुरोध छ।’