सहसचिवको परीक्षा रद्द, दरखास्त स्वीकृत भएकाले मात्रै दिन पाउने गरी पुनः लिखित परीक्षा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिवको परीक्षा रद्द, दरखास्त स्वीकृत भएकाले मात्रै दिन पाउने गरी पुनः लिखित परीक्षा हुने


२९ श्रावण २०७७, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले अन्तर्वार्तासम्म पुगिसकेको सहसचिव स्तरको परीक्षा रद्द गरेको छ ।

आयोगको बिहीबार(आज) बसेको बैठकले विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको विज्ञापनको लिखित परीक्षा नतिजा प्रकाशन सम्मका सम्पूर्ण प्रक्रिया रद्द गरेको हो । सो विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरू मात्र सम्मिलित हुने गरी पुनः लिखित परीक्षा सञ्चालन गर्न नयाँ परीक्षा कार्यक्रम पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

विज्ञापन नम्बर १७१६७/०७६–०७७ को उक्त विज्ञ पदको पदपूर्तिका लागि सञ्चालित लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको पूर्वनिर्धारित अन्तर्वार्ता कार्यक्रम यसअघि नै स्थगन भइसकेको थियो ।

अन्तर्वार्ताकै दिन केही घण्टा अघि मात्रै परीक्षार्थी र विज्ञबिचको ‘सेटिङ’ रहेको खुलासापछि आयोगले अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगन गरेको थियो ।

सम्बन्धित समाचार : ‘सेटिङ’ को आशंकापछि रोकियो सहसचिवको अन्तर्वार्ता

लिखित परीक्षामै कापी जाँच्नेसँग ‘सेटिङ’ भएको आशङ्का लागेपछि आयोगले सुक्ष्मरुपमा अनुसन्धान शुरु गरेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस