वाग्मती प्रदेशमा ४३ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मती प्रदेशमा ४३ जनामा कोरोना सङ्क्रमण


२९ श्रावण २०७७, बिहिबार


वाग्मती । वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछापलगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा.सेढाईले जानकारी दिए।

गौरीटारमा आइसोलेशन कक्ष स्थापना
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज अपराह्न बसेको बैठकले जिल्लामा कोरोना रोगको प्रकोप बढ्दै गएकाले हेटौँडा उपमहानगरपालिका – ६ गौरीटारस्थित रङ्गशालाको प्रशासकीय भवनमा एक सय शय्याको आइसोलेशन वार्ड आज स्थापना गरिएको छ ।

सो आइसोलेसन कक्ष शुक्रबार बिहानदेखि पूर्ण सञ्चालनमा ल्याइने र त्यसको सुरक्षाका लागि नेपाली सेनाको एक टोलीलाई जिम्मा दिइने केन्द्रका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस