काठमाडौँ आउन–जान पूर्ण रूपमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ आउन–जान पूर्ण रूपमा रोक


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँ भित्रिने र बाहिरिनेका लागि दिइँदै पास पूर्ण रूपमा बन्द गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

पास वितरण बन्द भए पनि अत्यावश्यकीय सामान बोकेका सवारी साधन र एम्बुलेन्सलाई भने रोक लगाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस