उपसचिव र सहसचिवको रिक्त पदहरूको विवरण पठाउन पत्राचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसचिव र सहसचिवको रिक्त पदहरूको विवरण पठाउन पत्राचार


प्रशासन सिंहदरवार ब्युरो

२९ श्रावण २०७७, बिहिबार


समायोजन

काठमाडौँ । राजपत्राङ्कित प्रथम(सहसचिव) र राजपत्राङ्कित द्वितीय(उपसचिव) श्रेणीका रिक्त पदहरूको विवरण माग गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई पत्राचार गर्दै लोक सेवा आयोगको स्वीकृत वार्षिक क्यालेन्डर अनुसार रिक्त पदहरूको पदपूर्तिका लागि भन्दै विवरण उपलब्ध गराउन भनेको हो ।

सरकारद्वारा हालै स्वीकृति संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुरूप रिक्त पदहरूको माग आकृति फारम भरी भदौ १० गतेभित्र उपलब्ध गराउन मन्त्रालयले भनेको छ ।

यससँगै उपसचिव र सहसचिवको लोक सेवा खुल्ने सम्भावना प्रबल देखिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस