सिडिओको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिडिओको सरुवा


२७ श्रावण २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार ब्यूरो स्रोतका अनुसार मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ । पर्साका सिडिओ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ ।

अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ ।

त्यस्तै रौतहटको सिडिओमा इन्द्रदेव यादवलाई पठाएको छ । केही समय अघि मात्रै सहसचिव भएका उनको गृह मन्त्रालयमा पदस्थापन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस