पहिलो चरणमा १५० विपन्न परिवारलाई सोलार सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहिलो चरणमा १५० विपन्न परिवारलाई सोलार सहयोग


२७ श्रावण २०७७, मंगलबार


डोटी । डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिका भित्र रहेका विपन्न घर परिवारलाई सोलार सहयोग गरेको छ ।

गाउँपालिका भित्र रहेका आर्थिक स्थिति कमजोर भएका गरिब, एकल महिला, दलित जनजाति अँध्यारोमा बस्न बाध्य भएका नागरिकलाई पहिलो चरणमा एक सय पचास जनालाई सोलार सहयोग गरेकोे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

उनले भने ‘हाम्रो गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको बिजुली बत्ती छैन ।’ साना साना हाईड्रोपावर मात्र भएका कारण विपन्न नागरिकहरुले अँध्यारोमा बस्नु परेको बाध्यतालाई मध्यनजर गरेर सोलार वितरण गरिएको उनले बताए ।

गाउँपालिका भित्र रहेका विपन्न परिवारलाई प्रक्रियागत रुपमा छनोट गरी सोलार सहयोग गरिएको गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले बताईन् ।

डोटी जिल्लाको सबै भन्दा ठुलो क्षमता भएको बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बिपीनगरमा संचालनमा रहेको ३ मेगावाट क्षमताको सालमोनी हाईड्रो पावर संचालनमा आई राष्ट्रिय प्रशारण लाईनमा बत्ति जडान भई करिब एक वर्ष बित्दासमेत गाउँपालिकाका कुनै स्थानमा जडान हुन सकेको छैन् । यसै वर्ष जडानको प्रक्रियामा रहेकोसमेत गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वितरण गरेको सोलार सेट ६० वाट क्षमता भएको चार वटा बत्ती बाल्न मिल्ने रहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस