राधा तिमीबिना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राधा तिमीबिना


२७ श्रावण २०७७, मंगलबार


मर्छ होला तड्पी यो कृष्ण, राधा तिमीबिना ।
पुर्‍याएनी स्वर्गै मलाई, सादा तिमीबिना ।

जिन्दगीको कुरै छाडौँ, लाग्छ एकैपल मलाई,
सास फेर्न पनि अचेल, बाधा तिमीबिना ।

यस्तै हुन्छु भनेर के, बताउँ म तिमीलाई !
माछी बिनाको माछोभन्दा, ज्यादा तिमीबिना ।

सँगै हाँस्‍ने सँगै बाँच्‍ने, जुनीजुनी रम्‍नेसँगै,
सिङ्गो जीवनको यात्रा, आधा तिमीबिना ।

प्रतिक्रिया दिनुहोस