नासु जोशी विरुद्ध घुस लिएको अभियोगमा मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नासु जोशी विरुद्ध घुस लिएको अभियोगमा मुद्दा


२६ श्रावण २०७७, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्ध राज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिलाइ कटाइ, सैलुन र चुरा बनाउने तालिमको भुक्तानी पछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुरबाट गएको टोलीले जोशीलाई ८५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

जोशीविरुद्ध बिगो असुल गरी कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस