राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना परीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना परीक्षण


२६ श्रावण २०७७, सोमबार


काठमाडौं । खेलाडी छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा|) का अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका ११ जना खेलाडीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बाँकी खेलाडी र प्रशिक्षण टिमका सदस्यहरुको भने मंगलबार स्वाब संकलन गरिनेछ ।

एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । त्यसका लागि टिममा बोलाइएका खेलाडीमध्ये काठमाडौं बाहिरका ११ खेलाडीलाई होटलमा क्वारेन्टाइनमा राखिएको छ ।

काठमाडौंभित्रका २२ खेलाडी भने आ-आफ्नो घरमै क्वारेन्टाइनमै छन् । एन्फाका अनुसार प्रशिक्षण टिमका सदस्य र कर्मचारीको कोरोना परीक्षण गरिनेछ ।

एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन, मैदान र होस्टल पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका तीन खेल आफ्नो घरेलु मैदानमा खेल्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस