वीरगञ्जमा नेपाल प्रहरीका ४ जना सहित २२ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्जमा नेपाल प्रहरीका ४ जना सहित २२ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत नेपाल प्रहरीका ४ जना प्रहरी र नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेको र उनिहरु १८ वर्षका देखि ५० वर्ष सम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।

साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस