मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा


२५ श्रावण २०७७, आइतबार


मकवानपुर । मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।

आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस