लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ


२५ श्रावण २०७७, आइतबार


pakrau

लहान । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेको अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट ६ जनालाई पक्राउ गरेको छ ।

खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताको घरमा लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ, १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ ।

बिक्री वितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस