पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिए


२५ श्रावण २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस