पार्टी एकता जोगाउन नेकपाका ७० सांसदको हस्ताक्षर, दिउँसो २ बजे पत्रकार सम्मेलन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पार्टी एकता जोगाउन नेकपाका ७० सांसदको हस्ताक्षर, दिउँसो २ बजे पत्रकार सम्मेलन


२५ श्रावण २०७७, आइतबार


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पार्टी एकता जोगाउनका लागि हस्ताक्षर संकलन गरेका छन् ।

नेकपा स्रोतका अनुसार ७० जना सांसदहरुले गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी रहेको छ । हस्ताक्षर संकलन विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाल लगायतको अगुवाइमा गरिएको छ । ७० जना जति सांसदहरुले हस्ताक्षर गरेका छन् ।

आजै दिउँसो २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन पनि गरिने बताइएको छ । पत्रकार सम्मेलन पश्ताच पार्टी एकतालाई बचाउनु पर्ने रायसहित करिब ७० जना सांसदको हस्ताक्षर पार्टीका दुवै अध्यक्षलाई बुझाइने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस