विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


विराटनगर – विराटनगर महानगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको शनिबार रातीको रिपोर्ट अनुसार महानगरपालिकाका विभिनन वडामा २२ जनामा कोरोना संक्रमित थपिएको हो ।

महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका २२ जना संक्रमित मध्ये ७ जना महिला र १५ जना पुरुष रहेका छन् । उनीहरु ९ वर्षदेखि ६० वर्ष उमेरसम्मका रहेको काकीले जानकारी दिए।

२२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको महानगर जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस