२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाका नाममा नगरपालिकामा ब्रम्हलुट, ८००० को तन्ना, २८०० को सिरानीको खोल !

अ+ अ-

काठमाडौँ । पछिल्लो समय स्थानीय तहहरू भ्रष्टाचारको अखडा बन्दै गएका छन् । गाउँका सिँहदरवारका नाममा स्थापित तहहरूले स्थानीयलाई सेवा होइन, गाउँको विकासका लागि छुट्ट्याएको पैशालेसमेत मेवा किनेर खाँदै छन् जनप्रतिनिधि र कर्मचारी । आफूखुसी कानुन बनाउने, निर्णय गर्ने, आदेश दिनेदेखि अश्वभाविक हर्कतहरुले सीमा नाघ्दै विपद्मासमेत अचाक्ली मूल्य राखेर राज्य कोषको पैसा कुम्ल्याउँदै आएका छन् । यसैको पछिल्लो उदाहरण हो सिराहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खरिद गरेको सामाग्रीको मूल्य ।

साउन २० गते जिल्ला प्रशासन कार्यालयलाई दिएको जानकारी पत्रमा उल्लेखित विभिन्न सामानहरूको मूल्य पत्याइ नसक्नुको छ । नगरपालिकाले एक सय ११ थान तकियाको खोलको तीन लाख १९ हजार दुई सय ७५ रुपैयाँ देखाएको छ । जसअनुसार एउटा खोलको मूल्य दुई हजार आठ सय ७६ रुपैयाँ ३५ पैसा पर्न जान्छ । क्वारेनटिनमा राखिएका सामाग्रीहरू कस्ता छन् त्यो त घाम जतिकै छर्लङ्ग छ त फाइभ स्टार होटेलमा राखिने सामाग्री भन्दा महँगो मूल्यको यो तकियाको खोल के साँच्चिकै कोरोना नियन्त्रणमै प्रयोग भयो त ?

त्यति मात्र होइन, नगरपालिकाले आठ हजार ७१ रुपैयाँ २८ पैसामा तन्ना खरिद गरेको छ । पाँच सय ५८ वटा तन्ना ४५ लाख तीन हजार सात सय ७५ रुपैयाँमा खरिद गरेको देखिन्छ ।

त्यस्तै विद्युतीय सामग्री खरिदमा ६ लाख ५६ हजार ६ सय २५ रुपैयाँ खर्च भएको देखाइएको छ तर के सामाग्री हो न त त्यसको नाम छ, न त सङ्ख्या नै उल्लेख गरिएको छ । त्यसैगरी खानेपानी धाराहरूको सामान खरिद शीर्षकमा दुई लाख ५८ हजार ६ सय ५१ रुपैयाँ खर्च देखाएको तर के सामान हो त्यो उल्लेख छैन । लिस्टमा उल्लेख अधिकांश सामानहरूको मूल्य अश्वभाविक मात्रै छैन, त्यसको प्रयोग के कति कसरी भयो भन्ने पनि पत्याउन मुस्किल लाग्ने खालको छन् ।

यो त एउटा नगरपालिकाले कोरोनाका नाममा गरेको खर्चको विवरण हो, वर्ष भरी गरिने अन्य खर्चहरूमा के कति कसरी खर्च गरिरहेका छन् त्यसको कुनै हिसाब किताब छैन, प्रायः सबैजसो निकायहरूमा उस्तै हालत छ । यसको लेखाजोखा कसले गर्ने ? कि जोखना लिएर मैमत्त छोडिदिने ?

हेर्नुहोस् पत्र