गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि


प्रशासन संवाददाता

२४ श्रावण २०७७, शनिबार


पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

समुदायमा संक्रमण फैलन थालेपछि गण्डकी स्वास्थ्य निर्देशनालय अन्तर्गतको क्षयरोग उपचार केन्द्रमा पछिल्लो २४ घण्टामा ७८२ जनाको स्वाब परीक्षण गरेको थियो । त्यस मध्य २४ जनाको को रिपोर्ट पोजेटिभ आएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् ।

स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये १४४३ जना निको भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस