२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञहरु भन्छन्, टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गरेका थिए। त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको सो समाचारमा उल्लेख छ ।

अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो कुराको जानकारी गराएका हुन् ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सारेको बताइएको थियो । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ ।

यी एप्स्हरुले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरुले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो ।

यी एप्स्हरुले संकलन गरिरहेका तथ्यांकहरुले अमेरिका नागरिकहरुको गोपनीयताको हकको उल्लंघन भएको पाइएको पनि राष्ट्रपति ट्रम्पको आरोप छ ।

तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरुले यी एप्सहरुको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्यांक संकलनको काम रोक्न त्यति ठूलो सहयोग नपु¥याउने बताएका छन् ।

उनीहरुले अहिले अमेरिकीहरुले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपु¥याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरुलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् ।

उनीहरुले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरुले जानकारी दिएका छन् ।

अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नु पर्ने भएकोले यो गरिएको बताएका छन् ।

बिहीबार प्रतिबन्ध लगाइएका दुवै एप्स् अमेरिकाका लागि आगामी दिनका लागि पनि खतरा रहेको राष्ट्र्पति ट्रम्पले आफ्नो यो कार्यकारी आदेशमा भनेका छन् ।

उता यी एप्स्का चीनका सञ्चालकहरुमाथि पनि उनीहरुको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ ।

रासस /एएफपी