२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना अपडेट : कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा १ करोड २५ लाख भन्दा बढी मुक्त

अ+ अ-

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ७ लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ । एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ ।
रासस/एएफपी