वीरगञ्जमा मेयर र नेपाली सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्जमा मेयर र नेपाली सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि


प्रशासन संवाददाता

२४ श्रावण २०७७, शनिबार


वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना र पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् ।

शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक समेत रहेका छन् ।

साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस