एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु


२४ श्रावण २०७७, शनिबार


काठमाडों । भारतको केरालामा भएको जहाज दुर्घटनामा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार साँझ एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ केरलाको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको बताइएको छ ।

भारतीय सञ्चारमाधयमका अनुसार दुर्घटनामा दुई जना पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै दुर्घटनामा १०० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेलाई अस्पताल लगिएको छ।

उ्रक्त विमान दुबईबाट आइरहेको थियो। विमान कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो। विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस