बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १ सय ५४ पुग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १ सय ५४ पुग्यो


२३ श्रावण २०७७, शुक्रबार


बेरुत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष(यूनिसेफ) ले शुक्रबार जनाएको छ ।

विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्‍याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘विगत ४८ घण्टादेखि यूनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यूनिसेफले पिडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको यूनिसेफका लेवनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताए ।

लेबनान विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १५४ पुगेको लेवनानी स्वास्थ्य मन्त्री हमद हसनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस