मेलम्ची शिखरपुरका १५ घर जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेलम्ची शिखरपुरका १५ घर जोखिममा


२३ श्रावण २०७७, शुक्रबार


सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् ।

स्थानीयवासी राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लीलानाथ दाहालका सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।

स्थानीयवासी सोही ठाउँमै जोखिम मोलेर बसेको राजु दाहालले जानकारी दिए । उनले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर त्रिपाल, त्रिपालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस