पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए ।

उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस