सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि प्रतितोला १ हजार रुपैया बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि प्रतितोला १ हजार रुपैया बढ्यो


२३ श्रावण २०७७, शुक्रबार


सुन

काठमाडौं । पछिल्लो दिनमा सुनको मुल्य बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । दिनप्रतिदिन बढेको सुनको मुल्य शुक्रबार तोलामा १ हजार रुपैयाले बढेको छ ।

बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस