कोरोना संक्रमणबाट सिरहामा एक युवकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट सिरहामा एक युवकको मृत्यु


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट सिरहामा एक जनाको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको  बिहिबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मृतक मिर्गौलाका बिरामी रहेको र उनी ३ वर्ष देखि डायलासिस गराउँदै आएकोमा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

उनका अनुसार मृतक युवकको शव सिरहा ल्याएर नेपाली सेनाले अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस