ट्रम्पद्धारा टिकटक प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रम्पद्धारा टिकटक प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर


२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ,’ आदेशमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस